८ वैशाख २०८१ शनिबार
कला

दिदीभाइको ‘मैले सास फेर्दा’

काठमाडौं– गायिका सरु गौतमले भाइ सरोज गौतमसँग सहकार्य गरेर ‘मैले सास फेर्दा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । दुवैको स्वर रहेको गीतमा प्रभा बर्तौलाको शब्द र दीपक शर्माको संगीत रहेको छ । सेन्टिमेन्टल फ्लेबरको गीतको भिडियोमा सरु र सरोज दुवै देखिएका छन्।

भिडियोमा उनीहरू स्टेजमा पर्फम गर्दै गरेको अवस्थामा छन्।यसअघि सरुको ‘के यो माया हो’ बोलमा सरोजले अभिनय गरेका थिए। ‘भाइको स्वर पनि राम्रो छ । त्यसैले दुवै मिलेर गीत निकालेका हौं,’ सरुले गीतबाट आशावादी रहेको बताइन्।

प्रकाशित: ६ चैत्र २०७४ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App