coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

रोबोट सोफिया बुधबार नेपाल आउने

काठमाडौं – साउदी अरेबियाकी नागरिक रोबोट सोफिया बुधबार नेपाल आउने भएकी छिन्।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको  एक कार्यक्रममा सहभागिताका लागि सोफिया नेपाल आउने लागेकी हुन्।

विज्ञान तथा प्रविधिको विकासले देश विकास पुर्‍याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहने बताइएको छ।
हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो। रोबोट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन्।कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडिमात्रै पूरा गरेको थियो।

मानिसको हरेक सुखदुखको क्षणका पारिवारिक माया, ममताको आवश्यकता पर्ने भएकाले उनलाई सन्तानको आवश्यकता महसुस भएको हो। सम्पूर्ण मानवीय क्षमतासहित निर्माण गरिएको उक्त रोबोटमा मानवीय चेतनाको भने अभाव छ। उक्त रोबोट निर्माण कम्पनीले आगामी दिनमा मानवीय चेतनासहितको रोबोट बनाउने बताएको छ।महिलाहरूप्रति एकदमै अनुदार देखिएको मुलुक साउदीले उनलाई भने त्यहाँका आम महिलाहरूलाई भन्दा बढी नै अधिकार प्रदान गरेको छ । उनलाई बुर्का लगाउन समेत अनिवार्य गरिएको छैन।

प्रकाशित: ६ चैत्र २०७४ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App