coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुन्छ : मन्त्री विश्वकर्मा

तस्बिर : रासस

पोखरा – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीद्वारा मंगलबार (आज) आयोजित पत्रकार सम्मेलनमा उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए। खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उनको भनाइ छ।

पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उनले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गरे।

सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकुद (साग)लाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उनले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको छ भने।

आगामी बजेटले खेललाई प्राथमिकता दिने बताउँदै मन्त्री विश्वकर्माले युवा सशक्तीकरणका कार्यक्रमलाई पनि अघि बढाउने उल्लेख गरे।    (रासस)

प्रकाशित: ६ चैत्र २०७४ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App