१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाङ पुगेर यसरी औंल्याए सभामुख महराले चुनौती

दाङ- प्रतिनिधिसभाका सभामुख कृष्णवहादुर महराले संविधान अनुकुल कानून निर्माण गर्न संसदलाई ठूलो चुनौती रहेको वताएका छन्। सभामुख चयन भएपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्र दाङ आएका उनले यसका लागि सर्वसाधारणहरुसंग सुझाव समेत माग गरे।

 मंगलवार घोराही उपमहानगरपालिकाले गरेको स्वागत कार्यक्रममा बोल्दै महराले भने ‘अहिलेको मुख्य चुनौती भनेको संविधानको मर्म अनुसारको कानून निर्माण हो,यसका लागि सबैले आआफ्नो सुझाव दिनुहुन अनुरोध गर्दछु।’ स्थानीय तहलाई कसरी व्यवस्थापन वा सञ्चालन गर्ने ? स्थानीय तहका समस्या के छन् भन्ने बिषयको पहिचान महत्वपूर्ण रहेको उनले वताए। ‘स्थानीय तहका समस्याको पहिचान गरेर कसरी सञ्चालन गर्ने भन्ने कानूनी बाटो खोज्नु चुनौती छ,’उनले भने ‘यसका लागि सबैबाट सुझाव लिईने छ।’  

यसैरि उनले प्रदेश सरकार सञ्चालनको बिषय अर्को चुनौतीका रुपमा रहेको वताए। प्रदेशको भूमिकाको निर्क्यौल गर्नु सामान्य बिषय नरहेको भन्दै उनले प्रदेशहरुलाई चलाउनका लागि आवश्यक कानून निर्माण पनि चुनौतीका रुपमा रहेको वताए। ‘प्रदेशहरुलाई कसरी चलाउने ? प्रदेशहरुको भुमिका के रहने भन्ने बिषय पनि जटिल हो,’उनले भने ‘यि बिषयहरुमा कानून निर्माण गर्नु प्रतिनिधिसभाको नेतृत्वकर्ताको हिसावले मेरा लागि ठूलो चुनौती हो।’ आगामी बैशाखमा प्रतिनिधिसभा संसद कानून निर्माणकै बिषयमा केन्द्रीत हुने भएकाले त्यस अगावै आवश्यक सुझावहरु दिन पनि उनले कार्यक्रममा सहभागीहरुलाई अनुरोध गरे। ‘चुनौतीहरु छन्, ति चुनौतीहरुलाई सामना गरेर संविधानको मर्म अनुसारको कानून निर्माणका लागि यहाँहरुको सुझाव अति महत्वपूर्ण रहने छ,’उनले भने।

 

प्रकाशित: ६ चैत्र २०७४ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App