१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री

काठमाडौं- सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। 

फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई नियुक्त गर्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। 

यही चैत २ गते भएको मन्त्रिपरिषद्को तेस्रो विस्तारमै सामेल हुने अपेक्षा गरिएको फोरमले संविधान संशोधनमा ठोस सहमति खोजेको र सो दलभित्र मन्त्री को हुने भन्नेमा विवाद देखिएका कारण त्यस दिन मन्त्री सिफारिश गरेको थिएन। तेस्रो विस्तार हुँदा राज्यमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डल बनेको थियो। संविधानअनुसार बढीमा २५ मन्त्री रहनेछन्। स्वास्थ्य र शहरी विकास मन्त्रालय फोरमलाई दिने तयारी देखिएको छ।

मुख्य सल्लाहकार रिमालले भने, 'उहाँहरुसँग सकारात्मक छलफल भइरहेको छ, नाम आएपछि नियुक्ति हुन्छ, हामी कुरिरहेका छौँ।' रासस

प्रकाशित: ६ चैत्र २०७४ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App