८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी अस्पतालमा फिजियोथेरापी सेवा शुरु

डोटी– क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा फिजियोथेरापी सेवा शुरु भएको छ। मंगलबारबाट अस्पतालले यो सेवा शुरु गरेको हो। एक समारोहका बीच ७ नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक माधव प्रसाद नेपालले फिजिथेरापी कक्षको उद्घाटन गरे। डोटीका अस्पतालहरुमध्ये पहिलोपल्ट क्षेत्रीय प्रहरी अस्पतालले यो सेवा शुरु गरेको हो।

सेवाको उद्घाटन गर्दै एआईजी नेपालले फिजियोथेरापी सेवाले प्रहरी सेवामा थप बल पुग्ने बताए। ‘मान्छेको कार्यक्षमतामा स्वस्थ्यले महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘प्रहरी सेवामा यसबाट बिमुख रहन सक्दैन् । यसमा पनि प्रहरीलाई बढी मांशपेसी र हाडजोर्नीमा समस्या आइरहने भएकाले फिजियोथेरापी सेवा सञ्चालनले प्रहरी सेवामा समेत सघाउ पु¥याउनेछ।’ प्रहरी अस्पतालमा यो सेवा शुरु भएपछि आसपासका सर्वसाधारणलाई पनि फाइदा पुग्ने उनको विश्वास छ। ‘प्रहरी कर्मचारी, प्रहरी परिवार, पूर्ब प्रहरी र उनका परिवारका साथै स्थानीय नागरिकहरुले पनि यो अस्पतालबाट सेवा पाइरहेका छन्। त्यसैले फिजियोथेरापी सेवा पनि सबैले पाउनेछन्,’ उनले भने। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी मधुसुदन लुइँटेलले प्रहरी सेवामा प्राबिधिक इकाईहरुको पनि महत्वपूर्ण भूमिका रहने बताए। ‘प्राबिधिक इकाईहरु जस्तै अस्पताल, ईन्जिनियरिङ फाँटहरुकोको परोक्ष रुपमा प्रहरी सेवामा ठुलो भूमिका हुन्छ,’ उनले भने, ‘झन अस्पताल  अत्याबश्यक पूर्बाधार हो। अस्पताललाई सुबिधासम्पन्न पार्दा प्रहरी सेवा झनै प्रभावकारी हुन्छ।’ 

क्षेत्रीय प्रहरी अस्पताल दिपायलका प्रमूख डा रोशन कुमार निरालाले क्षेत्रीय प्रहरी अस्पतालमा फिजियोथेरापी सेवा अत्यावश्यक महशुस भएकाले शुरुवात गरिएको बताए। ‘गर्मी र जाडोको सिजनमा ठुलो मात्रामा प्रहरी भर्ना हुन्छन्। उनीहरुलाई तालिम गर्दा मांसपेशी र हाडजोर्नीमा समस्या आइरहन्छ,’ उनले भने, ‘यही समस्यालाई मध्यनजर गरेर यो सेवा शुरु गरेका हौ।’ यसअघि मांसपेशी र हाडजोर्नीमा आउने समस्याको बिशेषखाले उपचारका लागि बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने अबस्था थियो। ‘अब यो सेवा शुरु भैसकेपछि त्यो समस्या हट्नेछ। यसको सेवा स्थानीय नागरिकसम्मले पनि लिनसक्छन्,’ उनले भने। यो सेवा सुचारु गर्न एक प्रहरी जवानलाई फिजियोथेरापी तालिम पनि प्रदान गरिसकिएको उनले बताए। मंगलबारै क्षेत्रीय प्रहरी अस्पतालभित्रै महिला वार्ड र ड्रेसिङ रुमको पनि उद्घाटन गरिएको छ।  

प्रकाशित: ६ चैत्र २०७४ १५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App