१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फुटबल खेलाडी संघमा  मानन्धर

काठमाडौं – राष्ट्रिय फुटबल खेलाडी संघको मंगलबार सम्पन्न चुनावमा    अध्यक्षमा पूर्वखेलाडी राजेश मानन्धर विजयी भएका छन्। मानन्धरले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका स्ट्राइकर अनिल गुरुङलाई ४ मतले पछाडि पार्दै अध्यक्ष पदमा बाजी मारे।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको चुनावमा मानन्धरले १६ मत प्राप्त गरेका थिए भने केही महिनाअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका गुरुङले १२ मत पाएका थिए। एक मत भने बदर भएको थियो। मानन्धरलाई जिताउन पूर्वखेलाडीहरू जोडतोडले लागेका थिए। गुरुङलाई राष्ट्रिय टोलीका वर्तमान खेलाडीहरूको साथ थियो। राष्ट्रिय खेलाडी संघको विधानमै पूर्व खेलाडीहरू सदस्य रहने प्रावधान रहेकाले मानन्धरले उम्मेदवारी दिन पाएका थिए।

मंगलबारको चुनावका लागि २०१० पछि राष्ट्रिय टोलीमा रहेका र त्यसअघि साफमा पदक जित्ने खेलाडी (प्रशिक्षकको लाइसेन्स नलिएका) हरूले मतदान गर्न पाउने प्रवधान थियो। तथापि चुनावमा २९ जनाले मात्र मतदान गरेका थिए।

अध्यक्षमा गुरुङ पराजित भए पनि उपाध्यक्ष र सदस्यमा उनको प्यानलको बाहुल्य छ। उपध्यक्षमा राष्ट्रिय टोलीका सदस्य विराज महर्जन, विकेश कुथु र सुजल श्रेष्ठ विजयी भएका छन्। उपाध्यक्षमा विजयी सबैले १६ मत प्राप्त गरेका थिए। 

सदस्य पदमा पनि गुरुङ पक्षकै बहुमत सदस्य विजयी भएका छन् । राष्ट्रिय टोलीका फरवार्ड नवयुग श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, विमल बस्नेत, हेमन गुरुङ, कमल श्रेष्ठ सदस्यमा निर्वाचित भए। सबैले १६ मत प्राप्त गरेका थिए। मानन्धर पक्षका बाबुकाजी धौबन्जारले १६ तथा दिनेश श्रेष्ठले १५ मत पाए। यसअघि माघ २२ गतेका लागि तय भएको खेलाडी संघको चुनाव अन्तिम अवस्थमा विवादका कारण रद्द भएको थियो।

प्रकाशित: ७ चैत्र २०७४ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App