coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ प्रधानमन्त्री जापान जाने

बेइजिङ – चिनियाँ प्रधानमन्त्री लि खछ्याङ यस वर्षको मध्यतिर जापानको भ्रमण गर्ने भएका छन्। चीन जापान संयुक्त बैठकका लागि उनी जापान जान लागेका हुन्। ‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गर्नुभएको छ त्यसैले यसै वर्षको मध्यतिर म जापान जानेछु,’ प्रधानमन्त्री खछ्याङ्ले बताए।

जापान भ्रमणका क्रममा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने पनि उनले बताए। भेटका अवसरमा हुनसक्ने अरु केही सहयोग आदानप्रदान तथा सम्झौताका विषयमा भने चिनीयाँ प्रधानमन्त्रीले केही बताएका छैनन्। मंगलबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। उनले भने, ‘यो भ्रमण दुई देशको सम्बन्ध थप सुदृढ बनाउन सफल हुनेछ।’

प्रकाशित: ७ चैत्र २०७४ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App