७ वैशाख २०८१ शुक्रबार
कला

नर्सिङ सुन्दरीको प्रतिभा

काठमाडौंं – नर्सिङ पेशा गरिरहेका युवतीबीच हुन लागेको ‘मिस नेपाल पिस’का प्रतियोगी सुन्दरीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको प्रतियोगिताका २४ प्रतियोगीले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्वकला लगायतका प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा स्रिया रिजाल, दीपा देवकोटा, रिस्मा श्रेष्ठ, आस्मा प्याकुरेल, पुष्पा तामाङ, इशा पुन, रीना थापा मगर, प्रमिशा गौतम, बाला कार्की, रुकु प्याकुरेल, खारु राई, साजन केसी, प्रमिला पण्डित, पुनम श्रेष्ठ, करिष्मा पाण्डे, आरती बुढाथोकी, सरिता राई, अनु कुमाल, आर्जु श्रेष्ठ, जिना श्रेष्ठ, ग्रीस्मा श्रेष्ठ, मेरीना कटुवाल, सुस्मिता बोगटी, समिक्षा सापकोटा सहभागी छन्।

संस्थाका अध्यक्ष रवि धमलाले नर्सिङ पेसाको काम तथा अध्ययन गरिरहेका युवतीहरूको व्यक्तित्व विकास गरी सामाजिक कामप्रति उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगितामा अभिनेता/गायक कोशिस क्षेत्री, मोडल हन्ट विजेता विक्रम आदित्य महासेठ, कोरियोग्राफर रिना गिरी, डा. अनिमेस जोशी, नेक्स्ट मोडल्सका सिइओ रवि धमला, मिस वल्र्ड नेपाल २०१६ अस्मी श्रेष्ठ निर्णायक थिए। प्रतियोगिताको फिनाले आगामी चैत्र १० गते शनिबार हुनेछ।

प्रकाशित: ७ चैत्र २०७४ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App