८ वैशाख २०८१ शनिबार
खेल

बिच भलिबल टोली थाइल्यान्ड जाने

काठमाडौं – थाइल्यान्डमा शुक्रबारबाट सुरु हुने यु–१९ पुरुष बिच भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली युवा टोली बुधबार त्यसतर्फ जाने भएको छ।

प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा थाइल्यान्ड जाने तीन सदस्यीय टोलीलाई मंगलबार नेपाल विद्यालय भलिबल कमिसनले बिदाइ ग¥यो। अशोक सुनार र प्रकाश केसी रहेको नेपाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसी र सचिव लोकेन्द्र खड्कालगायतले शुभकामनासहित बिदाइ गरे।

थाइल्यान्डको नखन पाथेममा तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, इरान, भियतनाम, श्रीलंका र कम्बोडियालगायतको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट ५ देश अर्जेन्टिनामा अर्को वर्ष हुने युथ ओलम्पिक खेलकुदमा छनोट हुनेछन्।

प्रकाशित: ७ चैत्र २०७४ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App