coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ड्रोनको प्रयोगले चिकित्सा क्षेत्रमा पहुँच पुर्‍याउँछ

काठमाडौं  – नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ड्रोनको प्रयोगले चिकित्सा क्षेत्रमा पहुँच पुर्‍याउन सकिने बताए।  बुधबार राजधानीमा आयोजित ‘टेक्नोलोजी फर पब्लिक सर्भिस’ कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष पुनले यसो बताएका हुन्।

उक्त कार्यक्रमा रोबोट सोफिया विशेष आकर्षणको केन्द्र बनेकी थिईन्।  संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको कार्यक्रममा सहभागीताका लागि रोबोट सोफिया बुधबार नेपाल आएकी हुन्।

विज्ञान तथा प्रविधिको विकासले देश विकासमा पुर्‍याउन सक्ने भूमिकाबारेको उक्त कार्यक्रममा डाक्टर मनिषा पोखरेलले काठमाडौ विश्वविद्यालयले समेत त्यस्ता प्रविधिहरूको विकासमा सुरूवात गर्ने बताए।हङकङको ह्यान्सन कम्पनीले बनाएको मानवीय गुणयुक्त उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको थियो।
 

प्रकाशित: ७ चैत्र २०७४ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App