coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुकौरा बजारको सडक कालोपत्रे गरिदै

उदयपुर – उदयपुरको पुरानो स्थानीय बजार सुकौरा क्षेत्रमा कालोपत्रे हुने भएको छ। गाईघाट–मु्र्कुची सडकअन्तरगत जलजलेदेखि सुकौरासम्मको कच्ची सडक कालोपत्रे हुने क्रममा सुकारौ बजार क्षेत्र पनि कालोपत्रे हुने भएको हो।

सदरमुकाम गाईघाटसँग जोडिएको जलजले–मुर्कची–नेपालटार खण्डमा पर्ने उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको चुनढुंगा बोक्ने धुले सडकको २ किलोमिटर यो वर्ष कालोपत्रे गर्न लागिएको हो। सो सडक गाईघाटदेखि रौतामाई गाउँपालिका ७ मुर्कुची हुँदै उदयपुरगढी गाउँपालिकाको नेपालटार–कटारी जोडिने लोकमार्ग हो। उसिउलिको स्थापनासँगै साविक जाल्पा चिलाउनेको सिंधालीस्थित चुनढुंगा खानीबाट जलजलेसम्म कच्चा पदार्थ ल्याउन सो खण्डको सडक निर्माण गरिएको थियो।

चुनढुंगा बोक्ने अधिक भारका टिफर र ट्यांकर २४ घण्टा हिड्ने सडक भएकाले सडक निर्माण भएको अढाई दशक वितिसक्दासम्म कालोपत्रे गरिएको थिएन। गाईघाट–चुहाडे–मुर्कुची–नेपालटार खण्डको ४१ किलोमिटर सडकमध्ये चुहाडेसम्म र सुकौरादेखि नेपालटारसम्म ७ वर्षअघि नै ओटासिल प्रविधिको कालोपत्रे गरेर भत्किसकेको अवस्था छ। तर, उद्योगको स्वामित्वमा रहेको उक्त खण्ड भने कालोपत्रे हुन बाँकी नै छ।

सो सडक स्तरोन्नति र मर्मत शीर्षकमा वर्षेनी रकम छुट्याउने गरे पनि सडक डिभिजन लाहानले थाहै नदिइ अन्यत्र खर्च गर्ने गरेको पत्तो लागेपछि सो सडक कालोपत्रे हुन लागेको उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेलले बताए।
 
डिभिजन सडक लाहानमार्फत यो वर्ष ४ करोड रुपैयाँ छुटिएको र त्यसबाटै कालोपत्रे गर्न लागेको उनले बताए। उनका अनुसार उद्योग मन्त्रालयको ‘खानी पहुँच मार्ग निर्माण’ कार्यक्रम अन्र्तगत प्राप्त ४ करोडमध्ये उद्योगको प्लान्ट रहेको त्रियुगा ६ जलजलेस्थित ढाटदेखि चुहाडेसम्मको १ किलोमिटरमा २ करोडले कालोपत्रे गरिने छ। बाँकी २ करोडले खानीक्षेत्रको सुकौरा बजारक्षेत्रमा कंक्रिट ढलान गर्नेगरी सडक डिभिजनसँग सम्झौता भइसकेको राईको भनाई छ। चालू आर्थिक वर्षभित्रै सक्नुपर्ने कामका लागि टेण्डर प्रक्रिया मार्फत काम गर्ने जिम्मा पनि सडक कार्यालयलाई दिइसकिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताएका छन्।

प्रकाशित: ७ चैत्र २०७४ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App