७ वैशाख २०८१ शुक्रबार
अर्थ

औद्योगिक व्यापार मेला चैत २३ देखि

भक्तपुर – औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षका अवसरमा यहाँ ‘चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४। ७५’ आयोजना गर्ने भएको छ। 

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले यही चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म आयोजना हुने मेला उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले गर्न लागिएको बताए। 

मेलाका संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिइने र उपभोगकर्ताका लागि डा इवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिए। 

मध्यपुर ब्याइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले मेलामा हरेक दिन विभिन्न ब्याण्ड, नृत्य तथा बि–बोइङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने बताए। 

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी जग्गामा मेला आयोजना गरिने छ। मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धनका सामग्री, रोटे पिङ, मारुती जादू, कोलम्बस जादु, चिडिया घर, बालबालिकाका खेल सामग्रीको प्रदर्शनका साथै राष्ट्रियस्तरका कलाकारका हास्य व्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छ। 

प्रकाशित: ७ चैत्र २०७४ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App