८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फिलिपिन्समा बस दुर्घटना १९ को मृत्यु, २५ घाइते

मनिला – फिलिपिन्सको साब्लायनमा भएको बस दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको छ। 

मंगलबार राति राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा अन्य २५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार स्थानीय समयअनुसार राती ९.३० बजे दुर्घटना भएको हो। 

गुडिरहेको बसका चालकले नियन्त्रण गुमाएपछि बस दुर्घटनामा परेको प्रकोप जोखिम व्यवस्थापन नगर कार्यालय साब्लायनका प्रमुख अक्रिस पनिल्लोले जानकारी दिए। 

दुर्घटनामा परी घाइते भएकाहरूलाई नजिकैको स्थानीय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ। 

प्रकाशित: ७ चैत्र २०७४ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App