८ वैशाख २०८१ शनिबार
खेल

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला

पोखरा – युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला निर्माण गरिने बताएका छन्।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए।

आसन्न ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताए। पोखरासहित प्रदेश नं ४ मा खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उनले यसको उजागरका लागि सरकार लागिपर्ने धारणा राखे।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारभन्दा पनि निजी क्षेत्रबाट खेल क्षेत्रका पूर्वाधारमा लगानी भइरहेको धारणा राख्दै यस क्षेत्रको विकासमा राज्यको लगानीले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका थिए।    (रासस)

प्रकाशित: ७ चैत्र २०७४ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App