५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

प्रोफेसरले युवतीको शरीरलाई तरबुजासँग तुलना गरेपछि...

नयाँदिल्ली– भारतमा एक प्रोफेसरले युवतीको शरीरलाई खाने फल तरबुजासँग तुलना गरेपछि हंगामा भएको छ। प्रोफेसरको ‘युवतीको स्तनको तुलना तरबुजासँग तुलना गर्ने’ आपत्तिजनक बयानपछि दोस्रो दिनपनि महिलाहरुले प्रदर्शन जारी राखेका छन्।

केरलको कोझिकोडस्थित फारूक कलेजका असिस्टेन्ट प्रोफेसर जौहर मुनव्विरले महिला र युवतीको कपडा÷पहिरनको अलोचना गर्दै तरबुजासँग तुलना गरेका थिए। उनले बोलेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

‘महिलाहरु आफ्नो शरीरलाई पूर्ण रुपमा ढाक्दैनन्। उनीहरु लुगा लगाउँछन, तर घुँडा देखाउँछन्। यो नै आजकलको स्टाइल भएको छ’, प्रोफेसर जौहरले भनेका छन्– ‘युवतीहरु स्कार्फले आफ्नो टाउको ढाक्छन् र आफ्नो छाति (स्तन) देखाउँछन्। छाति महिलाको यस्तो अंग हो जसले पुरुषलाई आकर्षित गर्छ। यो एक तरबुजाको टुक्राजस्तै हो। थाहा हुन्छ कि फल कति पाकेको छ।’

प्रोफेसरले आलोचना गरेको भिडियो भाइरल भएपछि केरलका वामपन्थी र दक्षिणपन्थी विद्यार्थी संगठनले कोझिकोडमा विरोध प्रदर्शन सुरु गरेका छन्। सामाजिक सञ्जालमा पनि महिलाहरुले विरोध गरिरहेका छन्। युवतीहरुले फेसबुकमा अर्थनग्न तस्वीर राखेर विरोध जनाइरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। ‘पुरुषले अंग देखाउँदा ठूलो कुरा नहुने तर महिलाले आफ्नो शरीरलाई अति सजग हुनुपर्ने’ भन्दै आक्रोश पोखिरहेका छन्। एक युवतीले तरबुजा समातेको तस्बिर सार्वजनिक गरेर विरोध जनाएकी छन्। जुन तस्बिर भाइरल भइरहेको छ।

प्रकाशित: ७ चैत्र २०७४ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App