८ वैशाख २०८१ शनिबार
कला

आमिर खानले ‘महाभारत’ बनाउने, अर्बपति मुकेश अम्बानीको साथ

मुम्बई– बलिउड अभिनेता आमिर खानले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ पूरा गर्न भारतका अर्बपति व्यापारी मुकेश अम्बानीको साथ पाएका छन्। 

हाल कुनै फिल्ममा साइन नगरेका आमिरले अबका १० वर्ष आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण गर्नमा फोकस गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

मुकेश अम्बानीले ‘महाभारत’लाई सह निर्माण गर्नेछन्। यो फिल्मको कुल बजेट १ हजार करोड रुपैयाँ रहेको छ।

आमिर खानको ‘महाभारत’ पाँच फिल्मको सिरिज हुनेछ। यो फिल्मका निर्देशक पनि धेरै हुनेछन्। यो फिल्ममा आमिरले निर्देशनका साथै ‘कृष्ण’ वा ‘करण’को भुमिका निभाउन सक्ने बताइएको छ।

यो फिल्ममार्फत आमिरका भाञ्जा इमरान खान पनि कमब्याक गर्नेछन्। यद्यपी उनले कुन भुमिका निभाउने हो त्यो निश्चित भइसकेको छैन्। 

प्रकाशित: ७ चैत्र २०७४ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App