८ वैशाख २०८१ शनिबार
अर्थ

सांग्रिलाको हकप्रद सेयरको बाँडफाँड

काठमाडौ‌ – सांग्रिला डेभलपमेन्ट बैंकले हकप्रद सेयर बाँडफाँड गरेको छ। बैंकको अधिकारिक बिक्री प्रबन्धक प्रभु क्यापिटलले बैंकसँगको समन्वयमा उक्त हकप्रद सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ। 

बैंकको गत मंसिर २५ गतेसम्म कायम साबिक सेयरधनीका लागि कायम चुक्ता पुँजी एक अर्ब ३५ करोड ८४ लाख ७४ हजार सात सय ५० को आधारमा १० सेयर बराबर आठ सेयर (१०ः८) को अनुपातमा सय रुपैयाँ अंकित दरको एक करोड आठ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद संस्थापक÷सर्वसाधारण सेयर खुल्ला गरेको थियो। 

उक्त सेयर रीतपूर्वक आवेदन दिने ११ हजार सात सय ३२ सेयरधनीलाई बाँडफाँड गरिएको बैंकले जनाएको छ।

प्रकाशित: ८ चैत्र २०७४ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App