coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दसैंअघि मेलम्चीको पानी : मन्त्री मगर

काठमाडौं – खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दसैंअघि काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने बताएकी छन्। ‘कम्तिमा पनि दसैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पु-याउने लक्ष्यका साथ काम गर्दैछौं,’ उनले भनिन्, ‘मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु।’

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले भनिन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म त्यहाँ पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पुनः सुचारु भएको छ।’ उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्वार) ‘ब्रेक–थु्र’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको स्पष्ट पारिन्।
 
तराई–मधेसका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सेनिकको समस्या समाधान गर्न तराई–मधेस खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकाले त्यसलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले विश्वास दिलाइन्। त्यस्तै उनले हिमाली रेञ्जको सरसफाईमा पनि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन्।

प्रकाशित: ८ चैत्र २०७४ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App