४ वैशाख २०८१ मंगलबार
खेल

टेलर पूर्ण स्वस्थ

अक्ल्यान्ड – न्युजिल्यान्डका कप्तान केन विलियम्सनले बिहीबारबाट सुरु हुने इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टका लागि ब्याट्सम्यान रस टेलर पूर्ण रूपमा फिट हुँदै टोलीमा फर्किएको पुष्टि गरेका छन्।

यसअघि तिघ्राको चोटका कारण इङ्ल्यान्डविरुद्धको तेस्रो र पाँचौं एकदिवसीय खेल गुमाएपछि टेस्ट टोलीमा टेलरको उपस्थिति अनिश्चित बनेको थियो। 

‘टेलर अभ्यासमा फर्किएका छन्’, विलियम्सनले भने, ‘पछिल्ला १० दिन टेलर आराम गरिरहेका थिए । उनको उपस्थिति टोलीमा महत्वपूर्ण ऊर्जा हो।’

इङ्ल्यान्डविरुद्धको पाँच एकदिवसीय शृंखलामा २ शतकसहित ३ सय ४ रन जोडेका टेलरले गत वर्ष  डिसेम्बरमा वेस्ट इन्डिजविरुद्ध सम्पन्न तीन टेस्टको शृंखलामा २ सय १६ रन जोडेका थिए।

‘उनी छिट्टै लयमा फर्कनेमा हामी विश्वस्त छौं,’ विलियम्सन थपे, ‘उनको ब्याटिङ शैली तारिफयोग्य छ, टोलीमा उनको उपस्थितिले बाँकी खेलाडीको उच्च मनोबल बढाउँछ।’

प्रकाशित: ८ चैत्र २०७४ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App