७ वैशाख २०८१ शुक्रबार
खेल

टिम चौराह र काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल

काठमाडौं – चैत १७ बाट हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणका लागि खेलतालिका सार्वजनिक भएको छ।

धनगढी क्रिकेट एकेडेमीले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्सको सामान गर्नेछ।

चैत १८ गते हुने दोस्रो खेलमा रूपन्देही च्यालेन्जर्स र सीवाइसी अत्तरिया भिड्ने भएका छन्। सोही दिन महेन्द्रनगर युनाइटेड र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।  चैत १९ गते धनगढी र अत्तरिया तथा रूपन्देही र काठमाडौं, चैत २० गते महेन्द्रनगर र धनगढी, चैत २१ गते रूपन्देही र विराटनगर तथा अत्तरिया र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ।

यसै गरी लिग चरणका अन्य खेलहरूमा चैत २२ गते धनगढी र विराटनगर तथा रूपन्देही र महेन्द्रनगर, चैत २३ गते विराटनगर र काठमाडौं, चैत २४ गते महेन्द्रनगर र अत्तरिया तथा धनगढी र रूपन्देही, चैत २५ गते काठमाडौं र महेन्द्रनगर तथा अत्तरिया र विराटनगर आमनेसामने हुने भएका छन्।

लिग चरणको पहिलो र दोस्रो हुने टोलीले चैत्र २७ गते फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नेछ भने पराजित टोलीले २८ गते हुने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

यस्तै, २७ गते नै लिगचरणमा तेस्रो र चौथो हुने टोलीले दोस्रो क्वालिफायरमा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग २८ गते हुने दोस्रो क्वालिफायरमा भिड्नेछ।

दुवै क्वालिफायर जित हात पार्ने टोली चैत ३० गते उपाधिका लागि भिड्नेछन् । 

प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउनेछन् । यस्तै, तेस्रो हुने टोलीलाई तीन लाख र चोथो हुने टोलीलाई २ लाख रुपैयाँ हात पर्नेछ।  तीन करोड अनुमानित खर्च लाग्ने प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल प्राप्त गर्नेछन्। 
प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी उत्कृष्ट खेल प्रदर्शन गर्दै क्रिकेटलाई उचाइमा पु-याएका एक पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गर्ने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ प्रदान गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। सम्मानित दुवैले  समान १/१ लाख रुपैयाँ हात पार्नेछन्।

प्रकाशित: ८ चैत्र २०७४ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App