coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गन्तव्य खोज्दै ग्रिजम्यान

मड्रिड – स्पेनिस ला लिगाको टोली एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी  ग्रिजम्यानले सन् २०१८ को रूस विश्वकपअघि नै भविष्यका बारेमा निर्णय लिने बताएका छन्।

फ्रान्सेली स्ट्राइकर ग्रिजम्यानलाई ला लिगाका अर्का दुई क्लब बार्सिलोना र रियाल मड्रिडका साथै इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले भित्र्याउने इच्छा देखाएका छन्।

एट्लेटिकोले सरुवाका लागि ग्रिजम्यानको फुकवा रकम ८ करोड ८० लाख युरो तोकेको थियो । उक्त फुकवा रकम प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले स्वीकार गर्ने संकेत गरेसँगै ग्रिजम्यान आगामी सिजन बार्सिलोनामा आबद्ध हुने अनुमान गरिएको छ।
बार्सिलोनाले यसै सिजनको सुरुआतमा  ग्रिजम्यानलाई भित्र्याउने अन्तिम तयारी गरे पनि फिफाले एट्लेटिकोमाथि खेलाडी किनबेचमा प्रतिबन्ध लगाएसँगै उनको क्याम्प नोउ सरुवा रोकिएको थियो।

‘म विश्वकपअघि नै मेरो भविष्यका बारेमा निर्णय लिनेछु,’ एल इक्युपीसँगको अन्तर्वार्तामा ग्रिजम्यानले भने, ‘म अन्योलका साथ रूस भ्रमणमा जान चाहन्नँ। सबै मैले विश्वकप अघि नै आगामी गन्तव्यका बारेमा निर्णय लिएको हेर्न चाहन्छन्।’
स्पेनिस सञ्चारमाध्यमले डिएगो कोस्टाको आगमनपछि ग्रिजम्यानले छिट्टै एट्लेटिको बसाइ अन्त्य गर्न चाहेको उल्लेख गरे पनि ग्रिजम्यानले उक्त चर्चामा कुनै सत्यता नभएको बताए।

‘हालैका दिनमा सञ्चारमाध्यममा आइरहेका खबरमा कुनै सत्यता छैन,’ ग्रिजम्यानले भने, ‘उनको अगामनपछि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। उनी उत्कृष्ट खेलाडी हुन् र मैले उनीबाट धेरै सिक्ने अवसर पाएको छु।’

प्रकाशित: ८ चैत्र २०७४ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App