coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

प्रधानमन्त्री ओलीलाई तेलको मस्का !

डा. धनपति न्यौपानेले गएको साता तीखो प्रहार गर्दै लेखे–अब केपी ओलीलाई तेल होइन, खाक्सी लगाऊकृष्णमुरारी! यसो ग-यौ भने मात्र ओलीलाई जोगाउन सक्छौ ।साँच्चिकै ओली बचाउने हौ भने उनलाई तेल घस्ने होइन, खाक्सी घस्ने सद्बुद्धि बेलैमा पलाओस्!

अन्य पाठकका टिप्पणी पनि रोचक, घोचक र ज्ञानवद्र्धक अनि कतिपय त कम तुच्छ थिएनन्। टिप्पणीकारहरूको एउटै आग्रह थियो, ओली...ओली भन्ने गीत गाएर भोलि कसैले बिर्सन नसक्ने ओली बनाउन सकिँदैन। यसका लागि केपी ओलीलेभविष्यमा के गर्नेवाला छन् होइन, आज के गरिरहेका छन्? अनि भोलिका लागि उनीके र कस्ता काम गर्ने योजना बुन्दैछन्? यसबारे लेख। लेखेर मात्र पुग्दैन, लेखेको कुरा व्यवहारमा देखिनु पनि पर्छ। 

अहिले भर्खरै ओलीले के गरिसके? अलिबेरमा के गर्दैछन् र भरे के गराउनेवाला छन्? दिनभरिको मात्र होइन, छिनछिनको लेखाजोखा गरिनुपर्छ। उनको काउन्ट डाउन सुरु भइसकेको छ।

केपी ओली र उनको गठबन्धनले चुनाव जित्यो भनेर विगतको प्रशंसामा गरिएको दार्शनिक चिन्तन र व्याख्याको कुनै अर्थ छैन। जनतालाई त्यसको केको तुक? जनताले त ओलीले बोलेका र चुनावी घोषणापत्रमा गर्छु भनेका काम व्यवहारमा गरेर देखाउलान् भनेर मात्रै जनताले अमूल्य भोट दिए ।चुनावमा जिताए। 

ओली आफैँले धेरै पल्ट दोहो-याएका पनि छन्– यो मेरो नाफाको जिन्दगी हो।

मतदाताको एउटै माग छ–रुटिन बनाएर काम गर ओली ! पुरानो ढर्राले होइन, नयाँशैली स्थापना गर्दै एउटा काम सक्नेबित्तिकै अर्को काम गर्न अगाडि बढ। ओलीलाई बुझाउनुपर्ने अर्को सान्दर्भिक कुरा हो, आधुनिक विज्ञान प्रविधिको महत्व। पलपलमा उनलाई भनिराख्नुपर्छ कि यो ‘डिजिटल’ युग हो।
 
ओली महिमा लेख्ने लेखक–पत्रकारहरू हो,के तिमीहरूओलीलाई अपडेट गरिरहेका छा? अहिले ‘एनालग’का कुनै घडी, क्यामरा, फोन बिक्री नै हुँदैनन्, डिजिटलकोबजार गरमागरम छ। तिनै सामान बिक्री गरेरव्यापारीहरूदिन दुईगुना र रात चारगुना कमाइरहेका छैनन्? ओलीलाई यो जानकारी होस्!

ओलीलाई यो कुरा जान्ने युवाहरूसँग लत लाग्ने गरी संगत गराऊ। आफू पनि युवाहरूको संगत गर। तिनलाई नजिक मात्र होइन, तिनैसँग ब्रेकफास्ट, लन्च र डिनर गर। तिनलाई आफूसँगै राख। तिनकै सास फेर। तिनैलाई जिम्मेवारी तोकेर अगाडि बढाऊ। 

अहिले उनीहरूमात्रै ओलीका पथप्रदर्शक हुनसक्छन् किनभने यिनको स्पिड पक्रन सकेमात्र ओलीको टार्गेट युवाहरूले पूरा गर्न सक्छन्। होइन भने,ओलीले असम्भव कुरा गर्छु भनेका छन्। लाग्छ, उनी बाँचुन्जेल उनको आकांक्षा कुनै पनि हालतमा पूरा हुन सक्दैन।

समय साँच्चिकै थोरै छ । सपार्ने कि बिगार्ने ? अन्तिम घन्टी बजिरहेको छ । यो समय नै ओलीको अन्तिम कार्यकाल हो । तर यहीबेलाउनलाई पचास वर्षलाई ऊर्जा छाडेर जाने शुभसाइत छ।

युवा पुस्ताले ओलीलाई त्यसैगरी बाटो देखाउँछन् जसरी भारी बोकेर भरियाले अंग्रेजलाई ‘माउन्ट एभरेस्ट, अन्नपूर्ण, माछापुच्छे«’ हिमालहरूपुग्ने बाटो देखाउँदै पगाहा लगाएका भेडाबाख्रालाई डोहो-याए जसरी अगाडिबढाउँछन् ।उदाहरणका लागि,आफ्नै युवाका गतिविधिहरू हेर्न ओलीलाई बाध्य पार।

सात समुद्रपारका पर्यटकलाई भरियाले बाटो मात्र देखाउँदैनन्, सुरुङ र गौँडोमामात्र पनि कटाउँदैनन्, उनीहरू त निरन्तर पर्यटकको अग्र्यानिक क्षमता कति छ भन्ने बुझेर उनीहरूलाई नै हिँडाउँछन्। उनीहरूकै शक्तिको भरपूर सदुपयोग गर्दै कत्ति नखल्बल्याउने र हरेस नखाने गरी सही दिशातर्फ पथप्रदर्शन गर्ने गर्छन्। 

कसलाई थाहा छैन, ओली स्वास्थ्यका हिसाबले थलिएका व्यक्ति हुन्। उनी आफैँले धेरै पल्ट दोहो-याएका पनि छन्– यो मेरो नाफाको जिन्दगी हो। झापा आन्दोलनमा पक्राउ पर्दा मार्छन् भन्ने लागेको थियो। बाँचियो । जेलमा परेपछि त्यही सडिन्छ होला भन्ने लागेको थियो। बाँचियो। बाँच्ने र मुलुक बनाउने प्रयत्न गर्न भने जेलभित्रको जेलमा पनि कहिल्यै छाडिएन। 

जेलमुक्त भएपछि सांसद, गृहमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री नै बनिन्छ भन्ने पनि लागेको थिएन। मिर्गाैला बिग्रिएर ध्वस्त हुँदा पनि बाँचिन्छ र एक पटक होइन, दुईदुई पटक प्रधानमन्त्री बनेर देश र जनताको सेवा गर्न पाइन्छ भन्ने पूर्ण विश्वास पनि थिएन। 

उनी अहिले पनि दोहो-याइरहन्छन्, वास्तवमा म पूरै नाफाको जिन्दगी बाँचिरहेको छु। यस्तो बेलामा पनि मैले देश र जनताको हक, हित र अधिकारकालागि काम नगरे कसले गर्छ? म मेरो बुद्धि, क्षमतार बाँकी जीवन देश विकास र जनताको समृद्धिमै लगाउँछु। 

केपी ओलीसँग सक्रिय बनेर काम गर्ने समय धेरै नै थोरै छ। थोरै समयमा थिति बसाउनु मात्र होइन, गरेर देखाउनु पनि पर्ने भएकाले उनलाई एकछिन पनि समय खेरफाल्ने फुर्सद छैन। अलमल गर्ने हो भने उनले गर्छु भनेका विराट कामहरू अलपत्रमा पर्नेछन्। 

त्यसैले आफूभन्दा तीनगुना बढी तौलको माला होइन, एकथुँगो फूल र एउटा खादा वा एउटा दोसल्लालाई मात्र ओके गर ओली ! अरूले उचालेको भरमा अभिनन्दन खान नकुद। नर्सिंग बाजा बजाएर आए भने पनि तिमी त्यसमा अल्मलिनु हुँदैन ओली। अलमलियौ कि तिमी आफ्नो निसानामा चुक्छौ किनभने समय तिमीसँग साँच्चै थोरै छ, तिमीले जनताका लागि धेरै काम फत्ते जो गर्नुछ। 

काम गर्नुपर्ने बेलामा भ्रममा प¥यौ भने तिमीलाई डन, तस्कर, भ्रष्ट, जग्गादलाल, मेडिकल माफियाले अल्मल्याउने मात्र होइन, नारायणहरि नै बनाइदिने छन्। होस गर ओली !थोरै व्यक्तिलाई मात्र थाहा छ, तिमीलाई अंग्रेजी डिक्सनेरी कण्ठ छ। तिमीलाई भिजनको अर्थ पनि थाहा छ। यो शब्दको मर्मलाई महसुस गरिराख, ऐरे–गैह्रे–नत्थु–खैह्रे त राज्यमा कति आउँछन् कति जान्छन्! तिनको माखेसांग्लोमा नपर।

सबैले ठानेका छन्, तिमीलाई पूरै कार्यकाल काम गर्ने अवसर छ किनभने तिमीसँग संसद्मा दुई तिहाइ बहुमत छ। तिमीलाई जनताले पाँचवर्षका लागि चुनेकै हुन्। तर तिम्रो अगाडि तिम्रो स्वास्थ्य, उमेर र परिवेशको तगारो छ। पछि गरौँला नि भनेर तिमीले सोचेका कुरा सम्पन्न गर्न कत्ति पनि ढिला नगर। 

धुलोले राजधानीमा बस्नै नसकिने अवस्था छ। ट्राफिक परिचालन व्यवस्थापन नगरीनहुने अवस्थामा छ। यसविषयका विशेषज्ञसँग सल्लाह गरेर अगाडि बढ्न ढिला भइसक्यो। अब कुन बेला वा दिन कुन प्रकारको गाडी गुड्ने हो? कुन गतिमा हिँडाउने हो? टोलटोलमा आफैँले फालेको फोहोरमैलाबाट बासिन्दा आफैँ आक्रान्त छन्। हप्ताको एक घन्टा हरेक टोलबासी सरसफाइमा स्वयंसेवी बनेर आफैँ लागेमात्र यहाँको सरसफाइको समस्या  दीगो रूपमा समाधान हुनसक्छ। जो लाग्न सक्दैन उस्लाई पैसा राख्न लगाएर सहभागिताको लोकल सिस्टम सुरु गराऊओली, ताकि यो मैले मेरा लागि गरेको हुँ भन्ने अपनत्व सबै राजधानीवासीमा होस्।

गुट्खा, खैनी, मिनरलवाटरका बोतल, चाउचाउका खोलरूपी प्लाष्टिक जुन कम्पनीका हुन् तिनले फिर्ता लैजाने पद्धतिको सुरुवात गराऊ। सडकका खाल्डा पुर्ने र सडक बढार्ने काम मेसिनले गर। सहर बजारमा जम्मा भएको सडकको धुलोको पनि बजार छ। बिक्री गर।

यस्ता काम सुरु गर्न सक्यौ भने सहर बजारका ८० प्रतिशत समस्या समाधान हुन्छन्। सफा र धुलोरहित सहर बन्यो भने व्यापार बढ्छ। जनतास्वस्थ बन्छन्। लुगाधुने खर्चमा व्यापक बचत हुनथाल्छ। अन्तर्राष्ट्रिय छवि संग्लिन थाल्छ। राजधानीवासीले धुवाँधुलोबाट मुक्ति पाउँछन्। नेपाल आउने पर्यटकको संख्या अभूतपूर्व रूपमा बढ्छ। पर्यटनमन्त्रीले भनेजस्तै विदेशी पर्यटक प्रतिवर्षसाँच्चै २५ लाख पुग्यो भने आश्चर्य नमाने हुन्छ।

कर्मचारीतन्त्रलाई उनीहरूको क्षमताअनुसार काम गराउन सक्यौ, विकासका योजनाहरूलाई समयमा पूरा गर्न सक्यौ र कृषि उत्पादनलाई निर्यात गर्ने लक्ष्यसाथ काम गर ओली। थिंकट्यांक राखेर काम गर्न थाल्नुहोस्ओली। थिंकट्यांकलाई पनि चेक गर्ने काउन्टर थिंकट्यांक ग्रुप राखेर अगाडि बढ।

लालबाबु पण्डित जस्तै सानो तर उज्यालो नेता बन ओली। 

हामी नेपालीकै मेहनत र स्रोत साधनले साता दश दिनमै बन्ने सानासाना योजनाहरू कार्यान्वयन, सम्पन्न गर। सामुदायिक वनले जस्तो काम गर। गाउँ गाउँमा युवा र आमासमूह, सामाजिक परिवारले गरेजस्ता काम गर। बंगलादेशको ग्रामीण विकास बैंकले जस्तै साना साना काम गर। देशभर छरिएर रहेका सहकारीहरूलाई यस्ता काममा प्रोत्साहन ग-यौ भने ओली तिमीलाई पैसाको अभाव हुनै पाउँदैन। सर्वसाधारणले पनि आफ्नो स्वामित्व महसुस गर्ने भएकाले यस्ता योजना दिगो पनि हुनेछन्।

लिंग जातजातिमा विभाजन ल्याउने जाति धर्म संप्रदायको धङधङीको पछाडि लाग्दै नलाग ओली। बिर्सेर पनि नलाग। माओवादीहरू यसैका लागि भनेर दगुरे तर यसैले उनीहरूछियाछिया हुनपुगे। 

नेपालीहरू सय जाति र त्यति नै भाषा बोल्ने भए पनि हामी एकअर्काप्रति निर्भर छौँ। कोही पनि छुट्टै छैनौँ। हामी सधैँएकढिक्का थियौँ, छौँ र रहनेछौँ। हेक्का राख ओली, साना साना पार्टपुर्जाहरू जोडिएपछि मात्र क्षमतावाल बडी र इन्जिन भएको पेट्रोलबाट चल्ने नेपालीरूपीगाडीबनेको हो। ‘हिलियम’ र ‘हाइड्रोजन’ प्रभावकारी इन्धन होला तर त्यसबाट नेपालरूपी गाडी चल्न सक्दैन। यो गाडी चल्नका लागि पेट्रोल नै चाहिन्छ। किनभने नेपालको विशेषता नै अनेकतामा एकता हो। 

विभिन्न जातजाति लिंगरूपी पार्टपुर्जाबाट बनेकालेनेपालरूपी इन्जिनका ती साना एकाइ जरूर हुन् तर यिनी एक ढिक्का भएकाले मात्रै सशक्त नेपालरूपी इन्जिनबनेको हो। एक ढिक्का नेपाल नै शक्तिशाली र प्रभावकारी नेपाल हो। नेपाल सधैँ एक ढिक्का रहनुपर्छ। एक ढिक्का रहे मात्र यो शक्तिशाली बन्न सक्छ! डा. धनपतिले भनेझैँ, ओलीलाई यस्तै खस्रा सल्लाहको आवश्यकता छ, तेल मस्काएर ओली सशक्त बन्न सक्दैनन्। समय साँच्चिकै थोरै छ। सपार्ने कि बिगार्ने? अन्तिम घन्टी बजिरहेको छ। अहिलेको समय नै ओलीको अन्तिम कार्यकाल हो। तर यहीबेला पचास वर्षलाई ऊर्जा छाडेर जाने शुभ साइत उनलाई छ।

प्रकाशित: ८ चैत्र २०७४ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App