coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन्। 

गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए। 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताए। शव कुहिएको अवस्थामा फेला परेको छ उनले भने। शव नजिकै एक हँसियासमेत फेला परेको छ। शव परीक्षणका लागि महाकाली अञ्चलअस्पताल पठाइएको छ। रासस

प्रकाशित: ८ चैत्र २०७४ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App