काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली यही महिनाभित्र छिमेकी राष्ट्र भातको भ्रमण गर्ने तयारीमा रहेका छन्।
श्रोतका अनुसार चैतको चौथो साता उनले भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । ओली प्रधानमन्त्री भएलगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराज विशेष दूतका रुपमा नेपाल आएकी थिइन्।
भेटमा स्वराजले भारत भ्रमणको निम्तो दिएकी थिइन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोन वार्ता मार्फत ओलीलाई बधाई दिनुका साथै भारत भ्रमणको निम्तो दिएका थिए।
प्रकाशित: ८ चैत्र २०७४ ०७:०५ बिहीबार