८ वैशाख २०८१ शनिबार
राजनीति

कुलमानलाई उर्जामन्त्रीको निर्देशन– एसइई परीक्षा अवधिभर लोडसेडिङ नहोस्

काठमाडौं– उर्जामन्त्री वर्षमान पुनले प्रवेशिका परीक्षा (एसइई) अवधिभर लोडसेडिङ हुन नदिन पहल थालेका छन्।

विशेषगरी तराईका जिल्लाबाट लोडसेडिङका कारण परीक्षाको तयारी गर्न नपाएको र परीक्षा अवधिमा पढ्न नपाएको गुनासो उर्जा मन्त्रालयमा आएपछि मन्त्री पुनले विहीबार नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई परीक्षा अवधिभर लोडसेडिङ नहुने वातावरण बनाउन निर्देशन दिएका हुन्।

तराईका केही जिल्लाबाट लोडसेडिङले हामीलाई अध्ययनमा बाधा पुग्यो भन्ने गुनासो आएपछि मन्त्री पुनले कुलमानलाई विद्यार्थीको अध्ययन वातावरणका लागि साँझपख लोडसेडिङ नगर्न निर्देशन दिएको प्रेस संयोजक रोशन खड्काले जानकारी दिए।

‘परीक्षा अवधिभर विद्यार्थीहरुलाई अध्ययन गर्ने वातावरण बनाउनुस्, साँझपख लोडसेडिङ नगर्नुस्। परीक्षा चलुञ्जेल कही पनि समस्या नआओस्। यसलाई मिलाउनुस्, सहज वातावरण बनाउनुस्’, मन्त्री पुनले भने।

जवाफमा विद्युत प्राधिकरणका प्रमुख घिसिङले तत्काल समस्या समाधान हुने प्रतिबद्धता जनाए। कुलमान प्रमुख भएर आएसँगै काठमाडौं उपत्यका लगायत देशैभर लोडसेडिङ नियन्त्रणमा आएको छ।

प्रकाशित: ८ चैत्र २०७४ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App