४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

ओलीको खुवी चित्रकला पनि (फोटोफिचर)

ओली भन्छन् ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।’ तस्बिर:प्रमको निजी सचिवालय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्का मिसाएर भाषण गर्न कहलिएकै नेता हुन् । तर उनको अर्को तारिफ गर्न योग्य खुवी आज सार्वजनिक भएको छ । महिला उद्यमी महासंघ नेपालले बिहीबारदेखि गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले आफ्नो चित्रकला प्रस्तुत गरे । 

उद्घाटनको औपचारिक कार्यक्रम सकिएपछि व्यापार मेला अवलोकन गर्दै गर्दा मेलास्थलको एक छेउमा राखिएको रेखाचित्र बोर्डमा प्रधानमन्त्रीलाई केही लेखिदिन अनुरोध गरियो । तर प्रधानमन्त्री ओलीले कुची लिएर रंग थालीमा चोभे । प्रधानमन्त्रीको हस्ताक्षर अपेक्षित थियो । तर उनले सबैलाई चकित पार्ने गरि महिलाको तस्बिर कोरे । सबै आश्चर्यमा परेपछि प्रधानमन्त्री ओलीले भने, ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।’ तस्बिरहरु: शोभा ज्ञवाली, दिपेन्द्र रोक्का र प्रधानमन्त्रीको निजी सचिवालय

 

ओली भन्छन् ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।’ तस्बिर:प्रमको निजी सचिवालय
ओली भन्छन् ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।’ तस्बिर:प्रमको निजी सचिवालय
ओली भन्छन् ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।’ तस्बिर:प्रमको निजी सचिवालय
ओली भन्छन् ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।’ तस्बिर:प्रमको निजी सचिवालय
ओली भन्छन् ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।’ तस्बिर:प्रमको निजी सचिवालय
ओली भन्छन् ‘उद्यमी महिलाको कार्यक्रम भएकाले मैले मुस्कुराइरहेकी महिलाको चित्र कोरेको हुँ ।’ तस्बिर:प्रमको निजी सचिवालय
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App