७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ सुरु (फोटो फिचर/भिडियाे)

काठमाडौं– महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको ‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ बिहीबारदेखि सुरु भएको छ। मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे।

समारोहमा महिला तथा बालबालिका मन्त्री थममाया थापा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायत महिला उद्यमीहरु सहभागी थिए।

महिला उद्यमी महासंघका अनुसार यो मेला महिला उद्यमशीलताको क्षमता देखाउने, उत्पादित वस्तुहरु प्रदर्शन गर्ने थलो हो।
यो मेलाको माध्यमबाट नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

५० हजारले अवलोकन गर्ने विश्वास गरिएको मेलामा ५० लाखको कारोबार हुने अनुमान गरिएको छ।

पाँच दिन चल्ने यो अन्तर्राष्ट्रिय मेलामा स्वदेशी, सार्क र युरोपेली मुलुकका ५० भन्दा बढी महिला उद्यमी सहभागी छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App