coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘सरकारले २५ भन्दा बढी मन्त्री थप्न सक्ने’

काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारमा २५ भन्दा बढी मन्त्री थप्न सकिने बताएका छन्।

विहीबार रिपोर्टर्स क्लबमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री तामाङले आवश्यकताअनुसार संविधान नै संशोधन गरेर मन्त्रीको संख्या २५ बाट बढाएर २७ वा २८ पुर्याउन सकिने भएपनि वर्तमान सरकार मन्त्री थप्ने पक्षमा नरहेको स्पष्ट पारे।
संविधानले नै २५ जनाको मन्त्रिपरिषदको संख्या तोकेकोले तोकिएकोभन्दा बढी मन्त्री नियुक्त नहुने उनको भनाई छ।

सहायक तथा राज्यमन्त्रीलाई पनि संविधानले मन्त्रीकै रुपमा परिभाषित गरेकोले अन्य २५ भन्दा बढि मन्त्री नियुक्त गर्न नसकिने भन्दै उनले संविधान बमोजिम २५ भन्दा बढि मन्त्री नियुक्त गर्न नसकेपनि मन्त्रीकै हैसियतमा सल्लाहकारहरु नियुक्त गर्न सक्ने सम्भावना रहेको औंल्याए। ‘मन्त्रीको संख्या बढाउने कुरा जनताले आवश्यक ठान्दैनन्, हामीले पनि आवश्यक ठानेका छैनौं, हाम्रो चाहना त्यस्तो छैन्’, उनले भने।

कुनै एक अमुक पार्टीले भन्दैमा संविधान संशोधन हुँदैन् 

यस्तै, मन्त्री तामाङले औचित्य र आवश्यकताको आधारमा मात्रै संविधान संशोधन हुने स्पष्ट पारे। ‘संविधान संशोधनको विषयमा प्रधानमन्त्रीज्यूले स्पष्ट रुपमा आफ्नो धारणा राखिसक्नुभएको छ, उहाँले औचित्य र आवश्यकत्तको आधारमा मात्रै संविधान संशोधन हुन्छ भन्नुभएको छ, यदि आवश्यकता र औचित्य पुष्टि भयो भने संशोधन प्रक्रिया अघि बढ्छ, यो कुनै रिजिड दस्तावेज होइन, औचित्य पुष्टि नभएसम्म संशोधन प्रक्रिया अघि बढ्दैन्’, मन्त्री तामाङले भने। कुनै एक अमुक पार्टीले भन्दैमा संशोधन हुन नसक्ने उनको जिकिर थियो। 

मन्त्री तामाङले भने, ‘पार्टीको दृष्टिकोणले संविधान संशोधनको मुद्दामा सम्बोधन हुँदैन्, जनताको दृष्टिकोण आउनुपर्छ, यही अनुसार हुने हो, जनताले आवश्यकता ठाने सम्भव छ, पार्टी विशेषले ठानेको आधारमा हुँदैन्।’ संविधान संशोधन र सरकारमा सहभागी हुने कुरामा कुनै सम्वन्ध नरहेको उनले प्रष्ट पारे। 

प्रकाशित: ८ चैत्र २०७४ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App