७ वैशाख २०८१ शुक्रबार
अर्थ

सहकारी महासम्मेलन हुने

सहकारी महासम्मेलनबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रम । तस्बिर : नागरिक

काठमाडौं – सहकारी क्षेत्रको साझा समस्याको पहिचान गरी भावी कार्यदिशा तय गर्नका लागि सहकारी महासम्मेलन गरिने भएको छ।
 
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा आगामी चैत २१ र २२ गते काठमाडौंमा दोस्रो सहकारी महासम्मेलन गर्न लागिएको हो। ६१औं राष्ट्रिय सहकारी दिवसका अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ति गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले बताए। ‘सम्मेलनमा सहकारी अभियानका उपलब्धिको समिक्षा गर्छौं,’ अध्यक्ष बडालले भने, ‘सहकारीको माध्यमबाट तीव्र आर्थिक विकासका लागि खाका तयार पार्नेछौं।’

सम्मेलनमा भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायत मुलुकका करिब एक हजार सहकारी अभियन्ता सहभागी हुनेछन्। ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा सहकारी अभियानका हालसम्मका उपलब्धिको समिक्षा, सन् २०३० सम्मको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको सहभागिता र योजना तयार गर्ने तयारी छ। कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्काेले समेत सम्बोधन गर्नेछन्।

सम्मेलनमा दिगो विकास लक्ष्य प्राप्तिको कार्यान्वयन, सहकारी क्षेत्रको सहभागिता, आगामी रणनीति, संविधानमै स्वीकार गरिएको तीनखम्बे अर्थनीति अन्तर्गत सहकारीको भूमिकालगायत विषयमा छलफल हुनेछ। सम्मेलनमा सहकारीले उत्पादन गरेका उत्पादन तथा सेवाहरुको प्रदर्शनी गर्ने आयोजकको योजना छ।

सम्मेलन सम्पन्न गर्न महासंघ अध्यक्ष केशवप्रसाद बडालको संयोजकत्वमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेललगायत सरोकारवाला रहेको समिति गठन गरेर काम अघि बढाइएको छ।

सहकारीलाई अर्थतन्त्रको एक महत्वपूर्ण श्रेत्रको रुपमा स्वीकार गरेको परिप्रेक्षमा सहकारी ऐन, २०७४ कार्यान्वयनमा ल्याउन सघाउ पुग्ने बडालले बताए। मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याएकाले व्यापकताको खाँचो रहेको उनले औंल्याए। ‘सहकारी क्षेत्रले कुल गार्हस्थ उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको छ,’ उनले भने।

सहकारीले कृषि, गैर कृषि क्षेत्रको विकास, पुँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लंैगिक समानता, उद्यमशीलताको विकास र गरिबी न्यूनीकरणमा योगदान पु-याएको महासंले जनाएको छ। मुलुकभर ३४ हजार पाँच सय १२ सहकारीमा ६३ हजार नागरिक आवद्ध रहेका छन्। यसअघि प्रथम सहकारी महासम्मेलन २०७० मा सम्पन्न भएको थियो।

प्रकाशित: ९ चैत्र २०७४ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App