काठमाडौं – पेर्नड रिचार्डले गोकर्ण गल्फ क्लबमा शनिबार ब्यालेन्टाइन ओपन गल्फ प्रतियोगिता गर्ने भएको छ।
स्टेबलफोर्ड पद्दतिअनुसार ३÷४ ह्यान्डिक्यापमा खेलाइने प्रतियोगिता १८ होलको हुने बिहीबार आयोजकले जनाएको छ । पुरुष, महिला र भेट्रान्स गरी ८० एमेच्योर खेलाडीको प्रतियोगितामा सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगितामा विजेता, उपविजेता, महिला विजेता, उपविजेता, भेट्रान्स विजेता, उपविजेता, बेस्ट ग्रस, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु दी पिन र सर्वाधिक बर्डीका पुरस्कार राखिएका छन्।
प्रकाशित: ९ चैत्र २०७४ ०४:०९ शुक्रबार