काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मलेसिया फुटबल संघको आयोजनामा हुने मैत्रीपूर्ण खेल यही चैत १८ गते आइतबार मलेसियाको क्वालालम्पुरमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
एएफसी एसियन कप छनोटअन्तर्गतको अन्तिम खेलमा मंगलबार कतारमा यमनसँग प्रतिस्पर्धा गरेपछि मैत्रीपूर्ण खेल्न नेपालली टोली कतारबाटै मलेसिया लाग्नेछ। दुई पहेंलो कार्डका कारण यमनविरुद्धको खेलमा प्रतिबन्धमा रहेका भरत खवास मलेसियासँगको खेलमा मैदान उत्रिनेछन्।
प्रकाशित: ९ चैत्र २०७४ ०४:३२ शुक्रबार