coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘खेल पूर्वाधारमा कसर राखिँदैन’

काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नागरिकको स्वास्थ्य र मानसिक विकासका लागि खेलकुद क्षेत्रको निकै महत्व रहेकाले सिंगो राष्ट्र र नागरिक स्वस्थताका लागि खेलकुद क्षेत्रलाई नै स्वस्थ र मर्यादित बनाउनुपर्ने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा नवनियुक्त मन्त्री विश्वकर्माले विगतका नकारात्मक कुराबाट पाठ सिक्दै सकारात्मक कुरालाई संस्थागत गरी खेलक्षेत्रको विकासमा अगाडि बढ्नुपर्ने बताए ।

‘खेलाडी तथा खेलक्षेत्रमा नयाँ उत्साह ल्याउने खालका कार्य गर्न र ल्याउन  मन्त्रालय अघि बढिसकेको छ, राष्ट्रनिर्माणको महान अभियानमा खेलकुद क्षेत्र पनि लाग्नुपर्छ,’ मन्त्री विश्वकर्माले भने, ‘खेलकुद विकासका लागि भौतिक पूर्वाधारलाई अगाडि बढाउनुपर्छ, त्यसका लागि कुनै किसिमको कसर बाँकी राख्ने छैन।’

तेह्रौं सागको जिम्मेवारीलाई सम्पन्न गर्न सबैले संकल्प गर्दै अगाडि बढ्न मन्त्री विश्वकर्माले निर्देशनसमेत दिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रकाशित: ९ चैत्र २०७४ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App