रुपन्देही – मोफसलकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता शुक्रबार (आज)देखि रुपन्देहीको बुटवलमा सुरु हुँदैछ। खेल दिउँसो २ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं र सुदूरपश्चिम ११ भिड्दै छन्।
गोल्डकपको विजेताले १५ लाख ट्रफी,मेडल र उपविजेताले ७ लाख ५० हजारका साथै ट्रफी,मेडल प्राप्त गर्नेछन्। त्यस्तै सेमिफाइनलमा पुग्ने २ टोलीलाई पनि नगद १–१ लाख पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
चैत्र १९ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा १० टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, थ्री स्टार, मनाङ मर्स्याङ्दी, झापा ११, मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं,सुनौलो संगम युवा क्लब बुटवल, सुदूरपश्चिम ११ र मलेसियाको हिमालय फुटबल क्लबको सहभागीता रहेको छ।
प्रकाशित: ९ चैत्र २०७४ ०५:२४ शुक्रबार