६ वैशाख २०८१ बिहीबार
राजनीति

पाकिस्तानको ७८ औं राष्ट्रिय दिवसमा झण्डोत्तोलन

काठमाडौं - पाकिस्तानको ७८ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन गरिएको छ। दूतावासमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले झण्डोत्तोलन गरे। उक्त कार्यक्रममा पाकिस्तानका राष्ट्रपति ममनुन हुसैन र प्रधानमन्त्री शाहिद खकान अब्वासीको शुभकामना सन्देश पढेर सुनाइएको थियो। कार्यक्रममा राजधानीमा रहेका पाकिस्तानी समुदायको समेत उपस्थिति रहेको थियो।

झण्डोत्तोलन कार्यक्रमपछि आज नै दूतावासले साँझ हायात होटलमा विशेष कार्यक्रमको आयोजना गरेको छ। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यता रहने कार्यक्रममा पाकिस्तानकी गायीका सारा राजा खानको प्रस्तुती रहने दूतावासले जनाएको छ।

 

प्रकाशित: ९ चैत्र २०७४ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App