५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न अदालतको आदेश

सोल – दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएको छ।

आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

आफ्नो पाँचवर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा उनले गरेका कार्यहरुमा भ्रष्टाचारजन्य कामकारबाही भएको भन्दै उनलाई पक्राउ गरी हिरासतमा राख्न अदालतले आदेश दिएको हो । 

तर आफूमाथि लागेका ती भ्रष्टाचार आरोपहरूमा भने आफ्नो कुनै संलग्नता नरहेको उनको दाबी छ। अदालतले भने प्रारम्भिक रुपमा केही प्रमाणहरु पाइएकोले उक्त आदेश दिएको जनाएको छ। 

अदालतले भनेको छ– लीमाथि लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा ती तथ्य नस्ट गर्नसक्ने सम्भावना देखिन्छ। अदालतले यो पक्राउआदेश जारी गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिने सम्भावना बढेको बताइएको छ। 

दक्षिण कोरियामा केही समययता उच्च पदस्थहरूमा भ्रष्टाचारका विरुद्धमा खोजी अभियान निकै बढेको पाइएको छ। 

प्रकाशित: ९ चैत्र २०७४ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App