८ वैशाख २०८१ शनिबार
खेल

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

काठमाडौं – एशियन कप छनोट प्रतियोगिता अन्र्तगत यमनविरुद्ध खेल्न कतार जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई विदाई गरिएकाे छ।

यही चैत १३ गते दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले विदाई गरेको हो।

यसअघि काठमाडौंमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो। छनोट खेलमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी खेलेको छ। दुई अंक जोडेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिइसकेको छ।

समूह ‘एफ’मा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ। नेपाल अंक तालिकाको पुछारमा छ।

नेपाली टोलीमा गोलकिपर बिकेश कुथु, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेण्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, अञ्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्ती मगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की छन्।

टोलीको मुख्य प्रशिक्षक योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर छन्। नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने छ।    (रासस)

प्रकाशित: ९ चैत्र २०७४ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App