coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट ५० लाखको क्षति

आगोले जल्दै गरेको होटल ईको भ्यू प्वाइन्टको माथिल्लो तला। तस्बिर : नागरिक

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङको हेलिप्याड स्थित प्रवेशद्धारसँगै जोडिएको होटल ईको भ्यू प्वाइन्टको माथिल्लो तला शुक्रबार एकाबिहानै जलेर नष्ट हुँदा ५० लाख बढीको क्षति भएको प्रारम्भिक तथ्याङक प्रहरीले संकलन गरेको छ। होटलको मुख्य कक्ष सहित माथिल्लो भाग पूरै जलेर नष्ट भएकोले क्षति बढी देखिएको प्रहरीले बताएको छ।

होटल व्यवसायी रमेश गुरुङका अनुसार आगलागीले रेष्टुरेन्टमा रहेका बिभिन्न प्रकृतिका पेय पर्दाथ र खानपिनका लागि प्रयोग हुने सामाग्री सहित फर्निचर लगायतका सामाग्री जलेर नष्ट भएको छ। आगलागी आकस्मिक तवरले लागेकोले कुनैपनि सामाग्री बाहिर निकाल्न नपाएको भन्दै व्यवसायी गुरुङले होटल तथा रेष्टुरेन्टको मुख्य भागनै जलेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीको कारण अनुसन्धान भइरहेको जानकारी दिए।

बिद्युत सर्ट भई आगलागी सुरु भएको स्थानीयको अनुमान छ। आगो लाग्ने बित्तिकै पुगेको फुङलिङ नगरपालिकाको दमकलले पहिलो पटक सञ्चित पानीको प्रयोग गर्दा आगो नियन्त्रणमा आउन नसकेपछि तोक्मेडाँडा सामुदायिक वन क्षेत्रमा रहेको पोखरीबाट पानी ल्याएको थियो। आगो लाग्ने बित्तिकै स्थानीय बासिन्दाका साथ नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। यो पूरै जनशक्तिले स्थानीय पानीको स्रोतको अधिकत्म उपयोग तथा दमकलको पानी समेत प्रयोग भएपछि आगो त्यो भन्दा नियन्त्रण बाहिर जान पाएन।

बारम्बार आगलागिका घटनाले थलिएको ताप्लेजुङको फुङलिङ क्षेत्रमा माघ देखि यता मात्र भएका घटनाबाट करौंडोको क्षति भइसकेको छ। आगलागीकै कारण पाथीभरा याङ्वरक गाउँपालिकाको डुम्रिसेमा १ जनाको मृत्यु भइसकेको छ भने आगलागीले हुने नोक्सानी थपिदै गएको छ। कमसल प्रकृतिका बिद्युतीय उपकरणको प्रयोग र आगोलाई गर्ने हेलचेक्र्याईका कारण आगलागीका घटना बढ्दै गएको जानकारहरू बताउँछन्।

पानी तताउन प्रयोग गरिने बिद्युतीय कित्लीमा जडान भएको तार र मल्टिप्लक,हिटर बाल्न प्रयोग हुने तार वा मल्टिप्लक जस्ता उपकरणको नियमित परीक्षण नगर्ने वा कमसल प्रकृतिका यस्ता कार्यलाई निरन्तरता दिईरहँदा बिद्युत सर्ट हुन गइ आगलागीका घटना हुने गरेका छन्।

प्रकाशित: ९ चैत्र २०७४ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App