coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

मोवाइलबाटै पाक्छ भात !

पत्रकार सम्मेलनमा आफुले बनाएका बस्तु सार्वजनिक गर्दै ओली। तस्बिर: नागरिक

रुकुम- हलमा राइस कुकर राखे। मोवाइल हातमा समातेर आफु ढोका बाहिर फुत्त निस्के। मोवाइलको बटन थिच्दा उक्त राइस कुकरमा भात पाक्न सुरु गर्‍यो। अर्को पटक पुनः बटन थिच्दा भात पकाउन रोकियो। पत्रकार सम्मेलनमा मुसीकोट नगरपालिका वडा नं. ११ बसन्त ओलीले देखाएको दृष्य थियो यो।

मोवाइल सिस्टमवाट उक्त प्रविधिको विकास गरिएको ओलीले बताए। यो तरिकाबाट भात सहज ढंगबाट पकाउन सकिने उनको दाबी छ। नमस्ते नेटवर्कले काम गर्ने ठाउँमा राइस कुकरलाई फोनसँग कनेक्ट गरेर भात पकाउन सकिने उनको भनाई छ। तर यसलाई विद्युत भने अनिवार्य हुनु पर्ने छ । हामी हिँड्दै गर्दा फोन गरेर राइस कुकर प्रयोग गर्न सक्छौं उनले भने, यसले गर्दा हामी कोठामा पुग्दा खाना तयार हुन्छ।

दुवइबाट आइसी ल्याएर उक्त आविस्कार गरेको ओलीले बताए। यो बनाउन १० हजारसम्म खर्च लाग्ने उनको भनाई छ। यसले बत्ती गएको बेला समेत सिस्टम मार्फत आफैं फोन मार्फत जानकारी गराउँछ । त्यस्तै उनले ७० हजार लगानीमा विभिन्न ४० परिकार आविस्कार गरेको दाबी गरे। यसलाई व्यवसायीक बनाई भविष्यमा ठूलो आविस्कारक बन्ने उनको लक्ष्य छ । ‘नेपालको शिक्षा खोजन्ते मात्र छ’, उनले भने, ‘प्रयोगात्मक छैन। जसले गर्दा आयआर्जनमा लाग्न समस्या छ’, उनले भने।

फोन गरेर राईसकुकर, फ्रिज लगायतका केही उपकरणलाई अन अफ गर्न सकिने छ। यस्तै घरमा कोही नभएको बेला चोर पसेको पत्ता लगाउन सकिने, सेक्युरिटी सिस्टम, वाटर सेल्सर, पाँच मिटर टाढाबाट बत्ती अन अफ गर्न सकिने उपकरण पनि निर्माण गरेका छन् । ओलीले टिभीको रिमोटबाट बन्द ढोका खोल्न सकिने, घरमा बलेको बत्ती तथा फ्यान पनि बन्द गर्न सकिने उपकरणको बनाएका छन्। उनले ताली बजाएर पनि बत्ती अन अफ गर्न सकिने तथा पानीको सतह समेत पत्ता लगाउने उपकरणको बनाएका छन्।

ओलीले विभिन्न उपकरण बनाएसंगै हालसम्म वाटर सेन्सर धेरै ठाउँमा बिक्रि भएको र अब थप १० हजार निर्माण गर्ने तयारी गरिएको जानकारी दिएका छन्।

 

 

 

प्रकाशित: ९ चैत्र २०७४ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App