coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रृखलाबद्ध बम बिस्फोटको विरोधमा लहान बन्द

लहान– शुक्रबार लहान ७ स्थित विकास ट्रेडर्समा गराइएको बम विस्फोटको घटना बिरुद्ध उद्योग वाणिज्य संघ लहानले शनिवार लहान बजार बन्द घोषणा गरेको छ। निर्दोष व्यक्तिलाई लक्षित गरि गराइएको बम विस्फोटको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गर्दै लहान बन्द आह्वान गरिएको हो।

सुरक्षा घेराभित्र व्यपारीलाई लक्षित गरी श्रृखलाबद्ध बम विस्फोट भैरहँदा पनि प्रहरीले दोषी पक्राउ गर्न नसकेको भन्दै दबाब स्वरुप एक दिन लहान बजार बन्द गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार महतोले जानकारी दिए।

मंसिर २८ गत्ते देखि शुक्रबार (चैत ९) गते सम्म लहानमा भएको तीनवटा व्यापारी लक्षित बम विस्फोटका घटनाका दोषी पक्राउ नपर्दा व्यपारीहरुको जोखिम बढेको महतोले बताए। ‘बम विस्फोटाको श्रृखला नरोकिँदा यहाँका व्यपारीहरु त्रासमा छन्’, उनले भने, ‘फितलो बनेको लहानको सुरक्षा व्यवस्था चुस्त नबनाएसम्म जोखिम कम हुँदैन।’ 

फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै यहाँ बम विस्फोटनका घटना बढेको छ। बम विस्फोटनका घटना मात्र नभई यस नगरमा चोरीका घटना समेत बढेको उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। सुरक्षा व्यवस्था सुदृढ बनाई अपराधजन्य घटना नियन्त्रण र भएका घटनाका दोषीलाई छिटो कारबाहीको दायरामा ल्याउन संघले माग गरेको छ। यी घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासन गम्भीर नभए चरणबद्ध आन्दोलन घोषणा गर्ने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

प्रकाशित: ९ चैत्र २०७४ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App