८ वैशाख २०८१ शनिबार
समाज

एसइईको तनावमा प्रसूतिको पीडा

एसइई परीक्षाको अनुगमनका क्रममा महेशधर्म मावि परीक्षा केन्द्रमा धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्मा ।  तस्विर : नागरिक

धादिङ – सुत्केरी व्यथा लागेपछि धादिङका एक छात्राले माध्यमिक शिक्षा (एसइई) परीक्षा दिन पाईनन्। जिल्लाको दोङदेन मावि तिप्लिङमा अध्ययनरत २० वर्षीय एस्तर घलेले अनिवार्य नेपाली विषयको परीक्षा दिन नपाएकी हुन्। 

शुक्रबार खनियाबास गाउँपालिकाको बच्छलादेवी परीक्षा केन्द्रमा परीक्षा दिन हिडेकी घले बीच बाटोमा पुगेपछि सुत्केरी व्यथा लागेपछि परीक्षा केन्द्र नगई आफ्नै सहकर्मीले भोग्टेनी स्वास्थ्य चौकीमा लगिएको हो।  

परीक्षाको दोस्रो दिन सुत्केरी व्यथा लागेपछि परीक्षा दिन नसकेको केन्द्रका केन्द्राध्यक्ष बमबहादुर तामाङले जानकारी दिए। ‘अशक्त, असहायहरुलाई सहयोगी राख्ने व्यवस्था छ’, तामाङले भने, ‘सुत्केरीका लागि अस्पतालमा गई परीक्षा लिने वातावरण नभएको र सहयोगी राखी परीक्षा लिने व्यवस्था छैन।’ घलेले अनिवार्य अंग्रेजी विषयको भने परीक्षा दिएकी थिइन्। 

त्यस्तै जिल्ला कारागार धादिङबाट एक छात्रले परीक्षा दिएका छन्। मकवानपुरको थाहा नगरपालिकाको जनकल्याण मा विमा अध्ययनरत सुमन परियारले कारागारबाट एसइई परीक्षा दिएका हुन्। उनी बाल विबाहको मुद्धामा जिल्ला कारागार धादिङमा रहेको जिल्ला शिक्षा कार्यालय धादिङका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए।  

माध्यामिक शिक्षा (एसइई) परीक्षाको दोस्रो दिन १ सय ४१ परीक्षार्थी अनुपस्थित भएका छन्। ती मध्ये ८२ छात्रा र ४७ छात्र रहेका छन्। जिल्लाभरबाट ६ हजार ३ सय ६२ जनाले परीक्षाका लागि फारम भरेपनि सबै परीक्षार्थी सहभागी हुन नसकेका हुन्। धादिङ जिल्लाभर यस वर्ष परीक्षामा ६ हजार १ सय ७६ जना विद्यार्थी सहभागी भएका छन्। नियमिततर्फ ६ हजार १ सय २८ जना र एक्जामटेड तर्फ ४८ जना परीक्षामा सहभागी भएका छन्। धादिङमा तोकिएको २६ वटै परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण र मर्यादित ढंगले परीक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय धादिङले जानकारी दिए। 

प्रकाशित: ९ चैत्र २०७४ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App