१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘त्रिभुवन विमानस्थलमा चाप धेरै भयो, मेरो कार्यकालमा नयाँ विमानस्थल बन्छ’

बारा– पर्यटन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय स्तरको नयाँ विमानस्थल निर्माण हुने बताएका छन्। शुक्रबार बाराको सिमरा रंगशालामा सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेलालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच वर्ष भित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसक्ने बताए।

मन्त्री अधिकारीले दुई वर्षभित्र विमानस्थलको पूर्व तयारीको काम सक्ने र पाँच वर्षभित्र काम सक्ने लक्ष्य लिएको सुनाए। विमानस्थलको पूर्व तयारीको काम दुई बर्षभित्र सुरु हुने त्यसपछिको ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हुने उनको भनाई छ।

वर्तमान अवस्थामा राजधानीको त्रिभुवन विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोस्रो अन्तराष्ट्रिय स्तरको विमानस्थल अपरिहार्य भएको उनले बताए। राजधानीमा रहेको देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक चाप भएकाले सरकारले तत्कालै दोश्रो अन्तराष्ट्रिय विमानस्थलको कामलाई गति दिने र आन्तरिक वायुसेवालाई पनि व्यवस्थित गर्ने कार्य प्रार्थमिकतामा रहेको उनले सुनाए।

निजगढ विमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अब तत्काल निर्माण कार्य अघि बढ्ने बताउदै मन्त्री अधिकारीले मुआब्जा र ऐलानी बस्तीका नागरिकप्रति राज्यले न्यायोचित निर्णय गर्ने आश्वासन दिए। मन्त्री अधिकारीले निजगढ विमानस्थल २२ देखि २५ मुलुकको हवाई हव बन्न सक्ने पनि बताए।

प्रकाशित: ९ चैत्र २०७४ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App