१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चन्द्रौटामा शाइन रेसुंगा

काठमाडौं– शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कपिलवस्तुको चन्द्रौटामा ३३औं शाखा सञ्चालनमा ल्याएको छ ।
चन्द्रौटा शाशिवराज नगरपालिकाको उपमेयर शिवकुमारी थारुले उक्त शाखाको उदघाटन गरेको बैंकले जनाएको छ।
उदघाटन सत्रमा बैंकले पाँचजना जेष्ठ नागरिकलाई नगद र अभिनन्दनपत्र सहित सम्मान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, राष्ट्रिय माध्यमिक विद्यालयका पाँचजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।बैंकको चुक्ता पुँजी एक अर्ब ३७ करोड रहेको छ । यस बैंकले १२ अर्ब ५२ करोड निक्षेप परिचालन गरी ११ अर्ब २२ करोड कर्जा लगानी गरेको जनाएको छ  ।

प्रकाशित: ११ चैत्र २०७४ ००:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App