काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले कुवेतबाट अल अन्सारी एक्सचेन्ज सुरु गरेको छ । सो सेवाअन्तर्गत अल अन्सारी एक्सचेन्ज कुवेतको क्यास एक्सप्रेस वल्र्डवाइडमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ।
अल अन्सारी एक्सचेन्जको नौ रेमिट्यान्स सेन्टरबाट नेपालमा सिधै नगद पठाउन सकिने सिटी एक्सपे्रसले जनाएको छ । यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरको ५५ सयभन्दा बढी भुक्तानी केन्द्रमार्फत सहज तरिकाले भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: ११ चैत्र २०७४ ००:५९ आइतबार