८ वैशाख २०८१ शनिबार
कला

फोटो पत्रकार क्लबको अध्यक्षमा पुनः कार्की

काठमाडौं– फोटो पत्रकार क्लबको नवौं अधिवेशनले विकास कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

शनिबार सम्पन्न नवौं अधिवशनले उपाध्यक्षमा केशव थोकर, महासचिवमा श्रुती श्रेष्ठ, सचिवमा ज्ञानेन्द्र कार्की, कोषाध्यक्षमा द्वारिका काफ्लेलाई चयन गरेको छ । यस्तैगरी सदस्यहरूमा प्रकाश तिमल्सेना, हेमन्त श्रेष्ठ, विकास द्वारे, विक्रम राई, शंकर व्यनजनकार र अमुल थापा रहेका छन्।

अधिवेशनको उद्घघाटन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले फोटो पत्रकारिताको महत्व अहिलेको समयमा  बढ्दै गएको बताए । तस्बिरको भाषा सशक्त हुने भन्दै फोटो पत्रकारहरूका समस्याबारे महासंघ संवेदनशील रहेको उनले बताए । फोटो पत्रकारहरुको न्यूनतम पारिश्रमिक र उनीहरुका क्यामेराको बिमाबारे क्लबसँग सहकार्य गर्ने विष्टले बताए।
 

प्रकाशित: ११ चैत्र २०७४ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App