coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

थाइल्याण्डमा राजलाई अवार्ड

काठमाडौं– थाइल्याण्डमा हालै भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल टिन २०१८’ मा नेपाली प्रतियोगी राज खड्काले ‘बेस्ट ट्यालेन्ट’ अवार्ड जितेका छन् । बैंककमा भएको प्रतियोगितामा उत्कृष्ट पा“चमा परेका खड्काले विश्वका विभिन्न मुलुकका टिनएजर युवकसँग प्रतिस्पर्धा गरेका थिए।

१७ वर्षीय राज ‘मिस्टर एन्ड मिस ग्ल्यामरस आइकन २०१८’ अन्तर्गत टिन विधाका विजेता हुन् । तेस्रो संस्करणको ‘मिस्टर ग्लोबल टिन २०१८’ का लाथि राजको सहभागिताको संयोजन तथा व्यवस्थापन प्रतियोगिताको नेपालस्थित आधिकारिक संस्था ड्रिम सर्च एजेन्सीले गरेको थियो।

मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर तथा ड्रिम सर्च एजेन्सीका प्रमुख कार्यकारी अधिकृत कमल निकोन क्षेत्रीको नेतृत्वमा राजले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए।प्रतियोगिताका लागि राजलाई मोडेल तथा कोरियोग्राफर दिक्पाल कार्कीले प्रशिक्षण दिएका थिए ।राजको फिटनेसइन्स्ट्रक्टरको रुपमा उनकै आमा निर्मला रहेकी थिइन् । निर्मला नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला बडि बिल्डर पनि हुन्।
प्रतियोगितामा ग्वाम आइसल्याण्डका १६ वर्षे किन आर आर्टेराल शीर्ष उपाधि जितेका थिए भने कोरियाका येवान ली ‘फस्ट रनर अप’ तथा श्रीलंकाका पासन वीरासेकारा ‘सेकेन्ड रनर अप’ भएका थिए ।
 

प्रकाशित: ११ चैत्र २०७४ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App