८ वैशाख २०८१ शनिबार
समाज

कालीगण्डकीमा डुबेर एकको मृत्यु

पाल्पा– पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर एक युवाको मृत्यु भएको छ। निर्माणाधिन कालीगण्डकी करिडोरको साँखर खोलामा पुल निर्माण गर्दै आएका मजदूर दलबहादुर घर्तीको शनिबार मृत्यु भएको हो।  

बारेकोट गाउँपालिका–१, रमीडाँडा जाजरकोटका २० वर्षीय घर्तीको नदीमा पैडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ  । निस्दी –१, बाकामलाङ स्थित लिटिपिरिङ घाटमा नुहाउन गएका घर्ती चिप्लिएर गण्डकीमा डुबेको बताइएको छ। उनलाई अचेत अवस्थामा उद्धार गरी रामपुर अस्पताल पु¥याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो। 

घर्ती रामपुर नगरपालिका–१, साखर र निस्दी गाउँपालिका–१, बाकामलाङ् जोड्ने साँखर्दी खोलामा पुल निर्माणको लागि काम गर्दै आएका थिए । शव पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गरिने प्रहरीले बताएको छ । 

प्रकाशित: ११ चैत्र २०७४ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App