८ वैशाख २०८१ शनिबार
खेल

आर्चरीमा ९ खेलाडी सहभागी

काठमाडौं – तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप शनिबारबाट बंगलादेशको ढाकामा सुरु भएको छ।  ढाकास्थित बिकेएसपी कम्पाउन्डमा आयोजित च्याम्पियनसिपको शनिबार एक विशेष समारोहबीच उद्घाटन भयो । तर, च्याम्पियनसिपका खेलहरू आइतबारबाट मात्र सञ्चालन हुनेछन्।

च्याम्पियनसिपमा आयोजक बंगलादेशका दुई टोलीसहित नेपाल, भारत, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउँदा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

टिम इभेन्टको रिकर्भ पुरुषतर्फ प्रेमप्रसाद पुन, मीनप्रसाद गौचन र तिलक पुन तथा महिलातर्फ ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षत्रीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष कम्पाउन्डतर्फको खेलमा होमबहादुर थापा मगर, प्रजित अग्रवाल र अभिशेकराज प्रधानले सहभागिता जनाउनेछन्।

च्याम्पियनसिपमा आइतबार पुरुष र महिला दुवैको ¥याङ्किङ राउन्ड तथा व्यक्तिगत प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका नौ खेलाडीले टिम, मिक्स र व्यक्तिगत स्पर्धाका ७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आगामी १३ गतेसम्म चल्नेछ।

प्रकाशित: ११ चैत्र २०७४ ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App