८ वैशाख २०८१ शनिबार
खेल

लात हान्ने रेफ्रीमाथि प्रतिबन्ध बढ्यो


पेरिस – फ्रान्सेलीली लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी)विरुद्धको खेलमा नान्टेसका डिएगो कार्लोसलाई लात प्रहार गरेका फ्रान्सेली रेफ्री टोनी चाप्रोनमाथि लागेको प्रतिबन्ध तीन महिनाबाट आठ महिना पुर्याइएको फ्रान्सेली पत्रिका ले ड्युफानी लिबेरेले जनाएको छ।

जुन १४ मा सम्पन्न खेलको भिडियो फुटेजमा चाप्रोनले अन्तिम समयमा ब्राजिलियन खेलाडी कार्लोसलाई लात प्रहार गरेको देखिएपछि उनीमाथि प्रतिबन्ध लगाइएको थियो।

पिएजीका खेलाडीले बल अगाडि बढाउँदै गर्दा उनलाई रोक्ने प्रयासमा रहेका कार्लोस चाप्रोनसँग जुध्न पुगेका थिए । त्यस लगत्तै चाप्रोनले उनलाई लात प्रहार गरेका थिए।

घटनाको केही सेकेन्डपछि चाप्रोनले कार्लोसलाई दोस्रो पहेंलो कार्ड दर्शन गराउँदै मैदानबाट बाहिर पठाएका थिए । यसअघि चाप्रोनले कार्लोसलाई पहिलो हाफमा समेत पहेंलो कार्डको दर्शन गराएका थिए । कार्लोसलाई दिएको दोस्रो पहेंलो कार्डमा पछि चाप्रोनले माफीसमेत मागेका थिए।

उत्त खेल लगत्तै फ्रान्सेली फुटबल संघले गठन गरेको छानबिन समितिले चाप्रोनमाथि २ महिनाको प्रतिबन्ध लगाएको थियो । चाप्रोनले आफूमाथिको प्रतिबन्ध हटाउन माग गर्दै हालेको अपिल खारेज गर्दै फ्रान्सेली फुटबल संघले उनीमाथिको प्रतिबन्ध पाँच महिना थप गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सेली फुटबल संघले भने उनीमाथिको प्रतिबन्धका बारेमा केही प्रतिक्रिया दिएको छैन।

प्रकाशित: ११ चैत्र २०७४ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App