८ वैशाख २०८१ शनिबार
समाज

सुर्ती, कपडा र डिजेल बरामद

सप्तरी – खुलेआम भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ।

प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा शनिबार राति सप्तरीको तिलाठी कोइलाडी–१ स्थित भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४८ थान सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

यस्तै बलानबिहुल गाउँपालिका–४ बाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको २ लाख मूल्य बरावरको कपडासमेत पक्राउ गरेको छ। सप्तरीको बोधेबरसाइन नगरपालिकाबाट अवैध रुपमा नेपालबाट भारततर्फ स १ त ६३९७ नंको ट्र्याक्टरमा लोड गरी लैजान लागेको १ हजार लिटर डिजल बरामद गरेको छ।

ट्र्याक्टर, डिजलसहित सप्तरी बोधेबरसाइन नगरपालिका–९ बस्ने ४३ वर्षीय इन्दल साह र र २७ वर्षीय प्रलादकुमार यादवसमेत पक्राउ परेका छन्। अवैध डिजल, ट्र्याक्टरलगायत बरामद गरेका अवैध समान समेतलाई तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।  (रासस)

प्रकाशित: ११ चैत्र २०७४ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App